MBS Third Semester 2019 को परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाद्वारा २०७६ साल भाद्र महिनाको पहिलो सातादेखि सञ्चालन हुने MBS Third Semester को नियमित परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने विद्यार्थीहरुले तोकिएको सबै प्रक्रिया पूरा गरी मिति २०७६ श्रावण ९ गते, बिहीबारसम्ममा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन सूचित गरिन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

परीक्षा फाराम भर्ने अन्तिम मिति: २०७६ श्रावण ९ गते, बिहीबार
परीक्षा शुल्क: रु. २,०००।–
त्रि.वि. सेवा / परीक्षा केन्द्र शुल्क: रु. ५००।–
दोस्रो शत्रको छुटेको त्रि.वि. सेवा/परीक्षा केन्द्र शुल्क: रु. ५००।–

विशेष सूचनाः–

  • नियमित परीक्षार्थीहरुले दोस्रो सेमेष्टरको ग्रेडसिटको प्रतिलिपि अनिवार्य रुपमा फारामसँगै संलग्न गर्नुपर्नेछ ।
  • परीक्षा फाराममा विषय सच्याइएको पाइएमा सो परीक्षा फाराम रद्द हुनेछ ।
  • परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोशाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
  • परीक्षा आवेदन फाराम परीक्षार्थी स्वयम्ले आवश्यक सम्पूर्ण विवरणहरु स्पष्ट रुपमा बुझिने गरी भर्नुपर्नेछ । यसमा अन्यथा भई पछि कुनै समस्या भएमा क्याम्पस जिम्मेवार हुनेछैन ।
  • नियमित विद्यार्थीहरुले बाँकी सम्पूर्ण शिक्षण शुल्क समेत बुझाउनुपर्नेछ ।

– के.जि. वैदार, क्याम्पस प्रमुख