MBS First Semester – 2019 को परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाद्वारा २०७६ साल श्रावण महिनाको चौंथो सातादेखि सञ्चालन हुने MBS First Semester को नियमित/आंशिक परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने विद्यार्थीहरुले तोकिएको सबै प्रक्रिया पूरा गरी मिति २०७६ असार २४ गते, मंगलबारसम्ममा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन सूचित गरिन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

परीक्षा फाराम भर्ने अन्तिम मिति ः २०७६ असार २४ गते, मंगलबार
नियमित परीक्षा शुल्क: रु. २,०००।–
आंशिक परीक्षा शुल्क: रु. ३००।– (प्रति विषय)
त्रि.वि. सेवा / परीक्षा केन्द्र शुल्क: रु. ५००।–

विशेष सूचनाः–

  1. नियमित परीक्षार्थीहरुले MBS AT 2019 को Scorecard को प्रतिलिपि अनिवार्य रुपमा परीक्षा फारामसँगै संलग्न गर्नुपर्नेछ ।
  2. आंशिक परीक्षार्थीहरुले प्रथम शत्रको नियमित परीक्षाको Grade-sheet को प्रतिलिपि अनिवार्य रुपमा परीक्षा फारामसँगै संलग्न गर्नुपर्नेछ ।
  3. परीक्षा फाराममा विषय सच्याइएको पाइएमा सो परीक्षा फाराम रद्द हुनेछ ।
  4. परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोशाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
  5. परीक्षा आवेदन फाराम परीक्षार्थी स्वयम्ले आवश्यक सम्पूर्ण विवरणहरु स्पष्ट रुपमा बुझिने गरी भर्नुपर्नेछ । यसमा अन्यथा भई पछि कुनै समस्या भएमा क्याम्पस जिम्मेवार हुनेछैन ।
  6. नियमित विद्यार्थीहरुले बाँकी सम्पूर्ण शिक्षण शुल्क समेत बुझाउनुपर्नेछ ।

–  के.जि. वैदार, क्याम्पस प्रमुख