उद्यमशीलता सहयोग कार्यक्रमको तालिममा सहभागिताको लागि म्याद थप गरिएको सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा हाल स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरु र ४० वर्ष भन्दा कम उमेरका शिक्षकका लागि विश्वविद्यालय अनुदान आयोग (University Grants Commission-UGC) को सहयोगमा उद्यमशीलता सहयोग कार्यक्रम (Entrepreneurship Support Program-ESP) अन्र्तगत उद्यमशीलता विकासको लागि सञ्चालन गरिने तालिममा सहभागी हुन इच्छुक विद्यार्थी तथा शिक्षकहरुको लागि मिति २०७९ चैत्र २४ गते शुक्रबारसम्मको लागि म्याद थप गरिएको हुँदा तोकिएको ढाँचामा निवेदन पेश गर्नुहुन सूचित गरिन्छ ।

तपसिलः
१. दर्ता शुल्क रु. ५००।–
२. तालिम अवधि ४८ घण्टाको हुनेछ ।
३. तालिमपछि परीक्षा लिइने छ । परीक्षामा उत्तीर्ण भएकाले मात्र व्यावसायिक प्रस्ताव पेश गर्न सक्नेछन् ।
४. स्वीकृत व्यावसायिक प्रस्ताव लेखनको लागि UGC बाट रु. ५०,०००।– सम्म प्रदान गरिनेछ ।
५. सहभागीहरुको व्यावसायिक प्रस्ताव छनौट भई व्यवसाय सुरु गर्न seed fund (वीउ कोष) रु. ५,००,०००।– देखि रु. ४०,००,०००।– सम्म UGC बाट उपलब्ध गराउने छ ।
६. थप जानकारीको लागि क्याम्पस प्रमुखलाई सम्पर्क राख्नुहुन अनुरोध छ ।
७. निवेदन फाराम Public Relation & Counseling Desk बाट प्राप्त गर्न सकिनेछ ।

-के. जी. वैदार, क्याम्पस प्रमुख