एम.बी.एस/एम.ए २०२२ समुहको दोस्रो सेमेस्टरमा भर्ना हुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा August 2023 मा त्रि.वि. व्यवस्थापन संकाय/मानविकी संकाय डीनको कार्यालयद्वारा सञ्चालित एम.बी.एस/एम.ए पहिलो सेमेस्टरको परीक्षामा सम्मिलित यस क्याम्पसको एम.बी.एस/एम.ए २०२२ समुहका विद्यार्थीहरुले यही मिति २०८० असोज ०८ गते सोमबार भित्र भर्ना गर्नुहुन सूचित गरिन्छ ।

  •  सेमेस्टर शुल्क निम्नानुसार भुक्तानी गर्नु पर्नेछ ।
    १. पहिलो किस्ता रु. १७,०००/– मिति २०८० असोज ०८ गते सम्म बुझाउनु पर्ने छ ।
    २. दोस्रो तथा अन्तिम किस्ता रु.१०,०००/– प्रि–बोर्ड परीक्षाको फाराम भर्ने बेला सम्म चुक्ता गर्नु पर्ने छ ।
  •  छुट तथा जरिवाना सम्बन्धमा
    १. २०८० असोज ०८ गते भित्र सेमेस्टर शुल्क एकमुष्ट रु. २७,०००/– भुक्तानी गरेमा रु. ५,०००/– छुट दिइने छ । यस पटक एक पटकका लागि एकमुुष्ठ रु. २७,०००/– बुुझाएमा थप रु. १,०००/– छुट दिइने छ ।
    २. शुल्क बाँकी राखेमा २०८० कार्तिक १ गते देखि पहिलो किस्तामा १० प्रतिशत जरिवाना लाग्नेछ ।
    ३. शुल्क बाँकी राखेमा मंसिर १ गते देखि पहिलो किस्तामा २० प्रतिशत जरिवाना लाग्ने छ ।
    ४. निर्धारित समय भित्र बाँकी किस्ता नबुझाएमा १ महिना सम्म १० प्रतिशत र सो पछि २० प्रतिशत जरिवाना लाग्ने छ ।
    ५. त्रिविबाट लिने अन्तिम बोर्ड परीक्षाको फर्म भर्नको लागि सबै शिक्षण शुल्क, त्रिविले तोके बमोजिम परीक्षा शुल्क र त्रिवि सेवा शुल्क तथा तोके बमोजिम लाग्ने जरिवाना समेत चुक्ता गर्नु पर्ने छ । अन्यथा परीक्षा फर्म प्रमाणीकरण (Verified) गरिने छैन र कुनै विद्यार्थीले परीक्षा दिन नपाएमा स्वयं विद्यार्थी जिम्मेवार हुने छ ।

बोधार्थ :
१) लेखा शाखा

के. जी. वैदार
क्याम्पस प्रमुख