BBS/BA First Year को दोस्रो आन्तरिक तथा BBS/BA Second Year को प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह BBS / BA First Year को दोस्रो आन्तरिक परीक्षा तथा BBS / BA Second Year को प्रि–बोर्ड परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७६ जेठ ९ गतेसम्ममा आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।
परीक्षा आवेदन शुल्क ः रु. २५०।–

विशेष सूचनाः
१. उक्त परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई देहाय बमोजिम छात्रवृत्ति प्रदान गरिनेछ ।

कम्तीमा ६०% प्रथम ४ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% दोस्रो ३ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% तेस्रो २ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% चौथो १ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% पाँचौं १ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% छैठौं १ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% सातौं १ महिना शिक्षण शुल्क छुट

२. आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
३. आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. ५०।– जरिवाना लाग्नेछ ।
४. आन्तरिक परीक्षको प्राप्ताङ्क प्रयोगात्मक परीक्षामा जोडिने भएकोले अनिवार्य रुपमा आन्तरिक परीक्षामा सहभागी हुनुपर्नेछ ।
५. छात्रवृत्तिको सूचीमा परेको तर आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुको छात्रवृत्ति रद्द गरिनेछ ।

  • अर्चना हाडा
    परीक्षा समिति प्रमुख