Bachelor in Computer Application (BCA) First Semester-2078 मा भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रि.वि., मानविकी तथा सामाजिकशास्त्र संकाय, डिनको कार्यालयबाट सञ्चालित BCA–२०७८ को प्रवेश–परीक्षा दिई उत्तीर्ण भएका विद्यार्थीहरुको भर्ना कार्यक्रम निम्नानुसार रहेको जानकारी गराइएको छ ।

शुल्क सम्बन्धी विवरण

  • भर्ना शुल्क : रु. १०,०००।– (पहिलो सेमेष्टरमा मात्र)
  • प्रति सेमेष्टर शुल्क : रु. ४२,०००।–

 

  1. प्रवेश परीक्षा दिई उत्तीर्ण भएका विद्यार्थीहरुलाई २०७८ माघ २५ गते मंगलबारसम्ममा एकमुष्ठ रु. ५२,०००।– भुक्तानी गरेमा रु. ५,०००।– छुट हुनेछ ।
  2. प्रवेश परीक्षा दिई उत्तीर्ण भएका विद्यार्थीहरुलाई २०७८ माघ २५ गते मंगलबारसम्ममा किस्ताबन्दीमा भुक्तानी गर्ने भएमा, भर्ना समयमा रु. ३२,०००।– र प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयसम्ममा रु. २०,०००।– गरी भुक्तानी गर्नुपर्नेछ ।
  3. भर्ना शुल्क दोस्रो, तेस्रो, चौथौ, पाँचौ, छैठौ, सातौ तथा आठौ सेमेष्टरमा लिइने छैन ।
  4. गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छिट्टै छात्रवृत्ति प्रदान गरिनेछ ।
  5. साथै तोकिएको कोटासम्म मात्र भर्ना गर्न सकिने हुँदा अगाडि आउने विद्यार्थीहरुलाई प्राथमिकता दिई भर्ना गरिनेछ ।

-के. जि. वैदार, क्याम्पस प्रमुख