स्नातक तह प्रथम वर्षमा त्रिवि रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

यस क्याम्पसमा चालु शै.व. २०७६/०७७ मा स्नातक तह BBS र BA प्रथम वर्ष तथा BCA र BICTE प्रथम सेमेष्टरमा भर्ना भएका विद्यार्थीहरुको त्रिवि रजिष्ट्रेशन गर्नुपर्ने भएकोले यही मिति २०७६ माघ ६ गते सोमबारसम्ममा सम्पूर्ण प्रक्रिया पूरा गरि त्रिवि रजिष्टे«शन फाराम भर्नुहुन सूचित गरिन्छ । आवश्यक प्रक्रिया पूरा नगरेका, आवश्यक सम्पूर्ण कागजात नभएका विद्यार्थीहरुको रजिष्ट्रेशन फाराम स्वीकार गरिनेछैन ।
साथै, त्रिवि रजिष्ट्रेशन फाराम भर्न छुट भएमा वार्षिक परीक्षा फाराम भर्न नपाइने भएकोले पछि समस्या भएमा क्याम्पस प्रशासन जिम्मेवार नहुने व्यहोरा समेत सूचित गराउँदछु ।

त्रि.वि. रजिष्ट्रेशनः
फाराम भर्ने अन्तिम मितिः २०७६ माघ ६ गते सोमबार
त्रिवि रजिष्ट्रेशन फाराम शुल्कः रु. ६००।– (विदेशी बोर्डबाट +२ तह उत्तीर्ण गर्नेको हकमा त्रि.वि. रजिष्ट्रेशन शुल्क रु. १,२००।– लाग्नेछ ।)

आवश्यक कागजातहरुः
१. हालसालै क्याम्पस पोशाकमा खिचेको पासपोर्ट साइजको रंगीन फोटो – २ प्रति
२. 10+2 को Transcript र Provisional Certificate को प्रतिलिपि – २ प्रति
३. 10+2 को Migration Certificate (Original Certificate)
४. 10+2 को Character Certificate को प्रतिलिपि – २ प्रति
५. SEE / SLC Marksheet को प्रतिलिपि – २ प्रति
६. SEE / SLC को Character Certificate को प्रतिलिपि – २ प्रति

  • के.जी. वैदार, क्याम्पस प्रमुख