कक्षा १२ को ग्रेडबृद्धि (पुरक) परीक्षाका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डबाट २०७६ वैशाखमा सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीहरुको रुपमा सहभागी भई तपसिलमा उल्लेखित मापदण्ड पुरा गरेका परीक्षार्थीहरुमा बढीमा दुई विषयमा मात्र ग्रेड वृद्धि (पुरक) परीक्षमा सहभागी हुनका लागि मिति २०७६ भदौ १ गते आइतबारसम्ममा सम्पूर्ण प्रक्रिया पूरा गरी परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनु हुन सूचित गरिएको छ ।

ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने आधारहरुः
१. अन्य सबै विषयमा C+ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा मात्र C वा D+ ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले उक्त दुई विषयमा वा ती दुई मध्ये कुनै एक विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्नेछन् ।
२. अन्य सबै विषयमा D+ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा मात्र D वा E ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीहरुले उक्त दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्नेछन् ।

परीक्षा फाराम भर्ने अन्तिम मिति ः २०७६ भदौ १ गते, आइतबार
परीक्षा शुल्क ः रु. ७००।–
नोटः परीक्षा फारामसँगै कक्षा १२ को ग्रेडसिटको इन्टरनेट कपी अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख