MBS Fourth Semester को सेमेष्टर शुल्क बुझाउने सम्बन्धी सूचना

यस क्याम्पसमा MBS Fourth Semester मा अध्ययनरत विद्यार्थीहरुले चौंथो सेमेष्टरको सेमेष्टर शुल्क यही मिति २०७६ मंसिर १० गते मंगलबारसम्ममा बुझाउनुहुन जानकारी गराउँदछु ।

  • २०७६ मंसिर १० गतेभित्र एकमुष्ठ भुक्तानी गरेमा सेमेष्टर शुल्क रु.२०,०००।– मा रु.५,०००।– छुट भई रु.१५,०००।– लाग्नेछ ।
  • किस्ताबन्दी रुपमा भुक्तानी गर्ने भएमा
    • २०७६ मंसिर १० गतेभित्र रु. १०,०००।–
    • प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,०००।–

नोटः Management मूल विषय लिई अध्ययन गरिरहेका विद्यार्थीहरुले यसअघि नै तोके बमोजिम तेस्रो सेमेष्टरमा जस्तै रु.२०,०००।– बुझाउनुपर्नेछ ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख