दोस्रो क्याम्पस सभामा उपस्थित हुने सम्बन्धी सूचना

यस काभ्रे बहुमुखी क्याम्पसको सञ्चालक समितिको मिति २०७६ पौष ६ गतेको बैठकले क्याम्पसको विधान, २०७५ को दफा १० को (१) अनुसार निम्न मिति, समय र स्थानमा यस क्याम्पसको दोस्रो क्याम्पस सभा बस्ने निर्णय गरी सभा आह्वान गरेकोले उक्त सभामा सम्पूर्ण क्याम्पस सभाका सदस्यहरुको समुपस्थितिको लागि निर्णयानुसार पत्र पठाइएको व्यहोरा जानकारी गराउँदछु । कथंकदाचित पत्र प्राप्त नभएमा यसै सूचनालाई आधारमानी क्याम्पस सभामा उपस्थित हुनको लागि विनम्र अनुरोध छ ।

तपसिल
मितिः २०७६।०९।१५ गते मंगलबार
समयः विहान ७ः३० बजे
स्थानः क्याम्पसको सभाहल

छलफलका विषयहरुः
१. आ.व. २०७६/०७७ को अनुमानित आय÷व्ययलाई पारित गर्ने सम्बन्धमा ।
२. आ.व. २०७५/०७६ को लेखा परीक्षण प्रतिवेदनलाई पारित गर्ने सम्बन्धमा ।
३. आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदनलाई पारित गर्ने सम्बन्धमा ।
४. विविध ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख
    सम्पर्क नं. ०११–६६११३३