छात्रवृत्ति फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा सूचना तथा सञ्चार प्रविधि विषय अध्ययनरत केही विद्यार्थीहरुलाई क्याम्पसबाट यस शै.व. २०७६/०७७ को लागि प्रदान गरिने छात्रवृत्तिका लागि निम्न तहहरुमा अध्ययनरत विद्यार्थीहरुले मात्र क्याम्पसबाट तोकिएको दरखास्त फाराम भरी मिति २०७६/०९/११ गते शुक्रबारसम्ममा क्याम्पस प्रशासनमा बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

  1. BCA 1st & 3rd Semester
  2. BICTE 1st Semester
  3. BICTE 2nd Semester (Third Semester मा अध्ययन गर्नका लागि प्रदान गर्ने ।)

छात्रवृत्ति आवेदन फाराम भर्ने अन्तिम मितिः २०७६ पुस ११ गते शुक्रबार

छात्रवृत्तिको लागि अन्तर्वार्ता हुने मिति ः २०७६ पुस १३ गते, आइतबार
समय ः बिहान ८ः०० बजे
स्थान ः क्याम्पस भवन ।

पुनश्चः
१) छात्रवृत्तिको लागि विद्यार्थीको पढाईको अवस्था, आर्थिक अवस्था, कक्षामा नियमित हाजिरी तथा अनुशासनलाई आधार बनाइनेछ । साथै, छात्रवृत्तिको लागि लिइने अन्तर्वार्तामा अनिवार्य उपस्थित हुनुपर्नेछ ।
२) छात्रवृत्ति दरखास्त फाराम क्याम्पसको परीक्षा/रजिष्ट्रेशन कक्षबाट प्राप्त गर्न सकिनेछ ।
३) छात्रवृत्तिमा छनौट हुने विद्यार्थी क्याम्पसमा नियमित हाजिरी नभएमा र आन्तरिक परीक्षामा सहभागी नभएमा छात्रवृत्ति रद्द गरिनेछ ।
४) भर्ना नभएका विद्यार्थीहरुको दरखास्त फाराम उपर कारवाही हुनेछैन ।
५) छात्रवृत्ति प्राप्त गरिसकेका विद्यार्थीहरुलाई दोहोरो छात्रवृत्ति प्रदान गरिनेछैन ।

बोधार्थः
१. छात्रवृत्ति समिति, काभ्रे बहुमुखी क्याम्पस ।
२. स्वतन्त्र विद्यार्थी युनियन, काभ्रे बहुमुखी क्याम्पस ।

– के.जि. वैदार, क्याम्पस प्रमुख