स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुको लागि छात्रवृत्ति फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत केही विद्यार्थीहरुलाई क्याम्पसबाट यस शै.व. २०७६/०७७ को लागि प्रदान गरिने छात्रवृत्तिका लागि निम्न तहहरुमा अध्ययनरत विद्यार्थीहरुले मात्र क्याम्पसबाट तोकिएको दरखास्त फाराम भरी मिति २०७६/०९/२१ गते सोमबारसम्ममा क्याम्पस प्रशासनमा बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल
MA/MBS Second Semester
छात्रवृत्ति आवेदन फाराम भर्ने अन्तिम मिति : २०७६ पुस २१ गते सोमबार
छात्रवृत्तिको लागि अन्तर्वार्ता हुने मिति : २०७६ पुस २२ गते, मंगलबार
समय : बिहान ८ः०० बजे
स्थान : क्याम्पस भवन ।

पुनश्चः
१) छात्रवृत्तिको लागि विद्यार्थीको पढाईको अवस्था, आर्थिक अवस्था, कक्षामा नियमित हाजिरी तथा अनुशासनलाई आधार बनाइनेछ । साथै, छात्रवृत्तिको लागि लिइने अन्तर्वार्तामा अनिवार्य उपस्थित हुनुपर्नेछ ।
२) छात्रवृत्ति दरखास्त फाराम क्याम्पसको परीक्षा/रजिष्ट्रेशन कक्षबाट प्राप्त गर्न सकिनेछ ।
३) छात्रवृत्तिमा छनौट हुने विद्यार्थी क्याम्पसमा नियमित हाजिरी नभएमा र आन्तरिक परीक्षामा सहभागी नभएमा छात्रवृत्ति रद्द गरिनेछ ।
४) भर्ना नभएका विद्यार्थीहरुको दरखास्त फाराम उपर कारवाही हुने छैन ।
५) छात्रवृत्ति प्राप्त गरिसकेका विद्यार्थीहरुलाई दोहोरो छात्रवृत्ति प्रदान गरिने छैन ।

बोधार्थः
१. छात्रवृत्ति समिति, काभ्रे बहुमुखी क्याम्पस ।
२. स्वतन्त्र विद्यार्थी युनियन, काभ्रे बहुमुखी क्याम्पस ।
-के. जि. वैदार, क्याम्पस प्रमुख