MBS Second Semester को परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाद्वारा २०७९ साल मंसिर १४ गतेदेखि सञ्चालन हुने MBS Second Semester को नियमित/आंशिक परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने विद्यार्थीहरुले तोकिएको सबै प्रक्रिया पूरा गरी मिति २०७९ कात्र्तिक १५ गते, मंगलबारसम्ममा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन सूचित गरिन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

परीक्षा फाराम भर्नेः
अन्तिम मिति : २०७९ कात्र्तिक १५ गते,मंगलबार
परीक्षा शुल्क : रु. २,०००।–
त्रि.वि. सेवा / परीक्षा केन्द्र शुल्क : रु. ५००।–
आंशिक परीक्षा शुल्क : रु. ४००।– (प्रतिविषय)

विशेष सूचनाः–
1) नियमित परीक्षार्थीको हकमा MBS First Semester को प्रवेश–पत्रको प्रतिलिपि अनिवार्य संलग्न गर्नुपर्नेछ ।
2) आंशिक परीक्षार्थीको हकमा दोस्रो सत्रको अघिल्लो पटकको Grade Sheet को प्रतिलिपि अनिवार्य संलग्न गर्नुपर्नेछ ।
3) परीक्षा फाराममा त्रि.वि. दर्ता नं. अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
4) परीक्षा फाराममा विषय सच्याइएको पाइएमा सो परीक्षा फाराम स्वतः रद्द हुनेछ ।
5) परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोशाकमा) पासपोर्ट साइजको २ प्रतिफोटो आवश्यक पर्नेछ ।
6) परीक्षा आवेदन फाराम परीक्षार्थी स्वयम्ले आवश्यक सम्पूर्ण विवरणहरु स्पष्ट रुपमा बुझिने गरी भर्नुपर्नेछ । यसमा अन्यथा भई पछि कुनै समस्या भएमा क्याम्पस जिम्मेवार हुनेछैन ।
7) नियमित विद्यार्थीहरुले बाँकी सम्पूर्ण शिक्षण शुल्क समेत बुझाउनुपर्नेछ ।

-के.जी. वैदार, क्याम्पस प्रमुख