यस क्याम्पसमा स्नातकोत्तर तह MBS / MA (Sociology) प्रथम सेमेष्टरमा मिति २०७५ फाल्गुण २६ गते भित्र भर्ना नभएका विद्यार्थीहरुले यही मिति २०७५ चैत्र ३ गतेसम्ममा निम्नानुसार शुल्क बुझाई भर्ना गर्न सकिने गरी म्याद थप गरिएको सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुमा जानकारी गराइन्छ ।
सेमेष्टर शुल्कः रु. २०,५००।– (प्रति सेमेष्टर)
मिति २०७५ चैत्र ३ गतेभित्र एकमुष्ट रकम बुझाई भर्ना गरेमा रु. ३,५००।– छुट ।
किस्ताबन्दी भुक्तानी गर्ने भएमा, भर्ना समयमा रु. १०,५००।– र प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,०००।– भुक्तानी गर्नुपर्नेछ ।
- के.जि. वैदार, क्याम्पस प्रमुख