MBS / MA Second Semester को सेमेष्टर शुल्क बुझाउने म्याद थप सम्बन्धी सूचना

यस क्याम्पसमा MBS / MA Second Semester मा अध्ययनरत विद्यार्थीहरुले सेमेष्टर शुल्क यही मिति २०७६ कार्तिक ७ गते बिहिबारसम्ममा बुझाउनुपर्नेमा विद्यार्थीहरुको अनुरोधलाई ध्यानमा राखी सेमेष्टर शुल्क बुझाउनुपर्ने समय यही मिति २०७६ कार्तिक १९ गते मंगलबारसम्म थप गरिएको जानकारी गराउँदछु ।

  • २०७६ कार्तिक १९ गतेभित्र एकमुष्ठ भुक्तानी गरेमा सेमेष्टर शुल्क रु.२०,०००।– मा रु.४,५००।– छुट भई रु. १५,५००।– लाग्नेछ ।
  • किस्ताबन्दी रुपमा भुक्तानी गर्ने भएमा
    • २०७६ कार्तिक १९ गतेभित्र रु. १०,०००।–
    • प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,०००।–

साथै, विद्यार्थीको हाजिरी अभिलेख भर्ना भएको मितिबाट राखिने भएकोले छिट्टै शुल्क बुझाउन अनुरोध छ ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख