उपर्युक्त सम्बन्धमा BBS 4th year, MBS / MA First Year र MBS / MA Second Year को प्रथम त्रैमासिक परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७४ भदौ २२ गतेसम्ममा आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।
पुनश्च :
– MBS / MA तर्फ कम्तिमा ६०% सहित प्रथम हुनेलाई रु. ४,०००।– र कम्तिमा ५०% सहित द्वितीय हुनेलाई रु. ३,०००।– शिक्षण शुल्कमा छुट दिइनेछ ।
– आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
– आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. १००।– जरिवाना लाग्नेछ ।
– अर्चना हाडा, परीक्षा समिति प्रमुख