MBS / MA सेमेष्टर प्रणालीमा अध्ययनरत विद्यार्थीहरुको लागि अत्यन्तै जरुरी सूचना

यस क्याम्पसमा सेमेष्टर प्रणाली अन्तर्गत MBS तथा MA (Sociology) विषय अध्ययनरत विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयको न्यूनतम मापदण्ड अनुसार कक्षामा कम्तिमा ८०% सबै विषयहरुमा हाजिर भई Class Presentation, Assignments, Project Work तथा Internal Examination जस्ता कार्यहरुको मुल्यांकनको आधारमा मात्रै सम्बन्धित विषय शिक्षकहरुले ४० पूर्णाङ्कको Internal Evaluation Marks दिनसक्ने भएकाले नियमित रुपमा कक्षामा उपस्थित भई तोकिएका सबै कार्यहरु समयमै पुरा गर्नुहुन सम्बन्धित सबै विद्यार्थीहरुलाई सूचित गरिन्छ । साथै, त्रि.वि.को नियमानुसार Internal Evaluation मा अनुत्तीर्ण हुने विद्यार्थीले त्रि.वि.बाट सञ्चालन हुने बोर्ड परीक्षा दिनबाट बञ्चित हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

  • भिमप्रसाद सापकोटा, कार्यक्रम संयोजक