MBS / MA दोस्रो वर्षको भर्नामा छुट सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा MBS / MA दोस्रो वर्षका विद्यार्थीलाई भर्नामा दिइँदै आएको छुट कार्यक्रमको अवधि निम्नानुसार थप गरिएको व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरुलाई जानकारी गराइएको छ ।
एकमुष्ठ सबै शुल्क बुझाएमा,
– वर्षभरिको एकमुष्ठ रकम २०७५ असार ३२ गतेभित्र बुझाएमा रु. ५,०००।– छुट दिइनेछ ।
किस्ताबन्दीमा बुझाएमा,
– प्रथम किस्ता २०७५ असार मसान्तभित्र बुझाएमा किस्ता रकममा रु. १,०००।– छुट दिइनेछ ।
– दोस्रो किस्ता २०७५ असोज १९ गतेभित्र बुझाएमा किस्ता रकममा रु. १,०००।– छुट दिइनेछ ।
– अन्तिम किस्ता वार्षिक परीक्षाको फर्म बुझाउँदा सँगै बुझाउनुपर्नेछ । अन्तिम किस्तामा छुट हुनेछैन ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख