MBS First Semester-2022 मा भर्ना सम्बन्धी सूचना

यस क्याम्पसबाट MBS CMAT-2022 परीक्षा दिई उत्तीर्ण भएका विद्यार्थीहरुले मिति २०७९ फागुन ८ गते सोमबारभित्र भर्ना गर्नुहुन सूचित गरिन्छ ।

  •  भर्ना गर्ने अन्तिम मिति : २०७९ फागुन ८ गते सोमबार
  • शुल्क सम्बन्धी विवरणः
    • फर्म शुल्क ः रु. १००।–
    • भर्ना शुल्क ः रु. ३,०००।– (पहिलो सेमेष्टरमा मात्र)
    • प्रति सेमेष्टर शुल्क ः रु. २७,०००।–
  • २०७९ फागुन ८ गते सोमबारभित्रमा एकमुष्ठ रु. ३०,१००।– भुक्तानी गरेमा रु. ५,०००।– छुट हुनेछ ।
  •  किस्ताबन्दीमा भुक्तानी गर्ने भएमा, भर्ना समयमा फर्म शुल्क र भर्ना शुल्क सहित रु. २०,१००।– र प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,०००।– गरी भुक्तानी गर्नुपर्नेछ ।
  •  फर्म शुल्क र भर्ना शुल्क दोस्रो, तेस्रो र चौंथो सेमेष्टरमा लिइनेछैन ।
  •  त्रि.वि. बाट सम्बन्धन प्राप्त अन्य क्याम्पसबाट MBS CMAT-2022 को परीक्षा दिई उत्तीर्ण भएका विद्यार्थीहरुले MBS CMAT Scorecard भर्नाको समयमा अनिवार्य पेश गर्नुपर्नेछ ।
  • २०७९ फागुन १० गते बुधबारदेखि कक्षा सञ्चालन हुनेछ ।

-के. जी. वैदार, क्याम्पस प्रमुख