Manager तथा Accountant तालिमको लागि नाम दर्ता गर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई बैंक तथा वित्तीय क्षेत्रमा लेखापाल (Accountant) भई काम गर्नको निमित्त लेखा प्रणालीसंग सम्बन्धित तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तिय क्षेत्रमा व्यवस्थापक (Manager) भई काम गर्नको निमित्त वित्तीय क्षेत्रको व्यवस्थापन संग सम्बन्धित तालिम सम्बन्धित क्षेत्रको विज्ञहरुबाट कम्प्युटर सफ्टवेयरको प्रयोग गरी तालिम प्रदान गरी वित्तीय तथा व्यवस्थापन क्षेत्र सम्बन्धी दक्षता अभिवृद्धि गर्नको लागि तालिम सञ्चालन गर्न गइरहेको हुँदा इच्छुक विद्यार्थीहरुले क्याम्पस प्रशासनमा सम्पर्क गरी मिति २०७८ मंसिर १० गते शुक्रबारभित्र नाम दर्ता गराउनुहुन सूचित गरिन्छ ।

-आत्माराम थापा, प्रमुख, Employment Cell
सम्पर्क नंः ९८४१३३९८२०