MA (Sociology) 2nd & 4th Semester को परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालयद्वारा २०७६ साल चैत्र महिनाको दोस्रो सातादेखि सञ्चालन हुने स्नातकोत्तर तह MA (Sociology) Second र Fourth Semester को नियमित र आंशिक परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने विद्यार्थीहरुले तोकिएको सबै प्रक्रिया पूरा गरी निम्न मितिसम्ममा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन सूचित गरिन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
परीक्षा फाराम भर्ने अन्तिम मितिः २०७६ फागुन १३ गते, मंगलबार
नियमित परीक्षा शुल्कः रु.२,०००।–
त्रि.वि. सेवा शुल्कः रु.५००।–

विशेष सूचनाः–
– आंशिक परीक्षार्थीहरुले अनुत्तीर्ण भएको विषय खुल्ने परीक्षाको Grade-sheet को प्रतिलिपि अनिवार्य रुपमा परीक्षा फारामसँगै संलग्न गर्नुपर्नेछ ।
परीक्षा फाराममा त्रि.वि. दर्ता नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
– परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोशाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
– परीक्षा आवेदन फाराम परीक्षार्थी स्वयम्ले आवश्यक सम्पूर्ण विवरणहरु स्पष्ट रुपमा बुझिने गरी भर्नुपर्नेछ । यसमा अन्यथा भई पछि कुनै समस्या भएमा क्याम्पस प्रशासन जिम्मेवार हुनेछैन ।
– नियमित विद्यार्थीहरुले बाँकी सम्पूर्ण शिक्षण शुल्क समेत बुझाउनुपर्नेछ ।
-के. जि. वैदार, क्याम्पस प्रमुख