MA Sociology को प्रवेश परीक्षाको आवेदन फाराम भर्ने म्याद थप गरिएको सूचना

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०२० को स्नातकोत्तर (MA) तहमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत प्रवेश परीक्षाको आवेदन फाराम भर्ने अन्तिम म्याद २०७६ साल माघ ०३ गतेसम्म तोकिएकोमा सो अवधि मिति २०७६ साल माघ १० गतेसम्म थप गरिएको र माघ ११ गतेदेखि १५ गतेसम्म दोब्बर दस्तुर कायम गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । प्रवेश परीक्षा लगायत अन्य कार्यक्रमहरु पूर्व प्रकाशित सूचना अनुसार नै सञ्चालन हुने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ । – त्रिभुवन विश्वविद्यालय