BICTE First Semester को परीक्षा फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय, परीक्षा नियन्त्रण महाशाखाद्वारा सञ्चालन हुने BICTE First Semester को परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने नियमित / आंशिक विद्यार्थीहरुले तोकिएको सबै प्रक्रिया पूरा गरी मिति २०७६ वैशाख १० गते मंगलबारसम्ममा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन सूचित गरिन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

परीक्षा फाराम भर्ने अन्तिम मिति: २०७६ वैशाख १० गते, मंगलबार
परीक्षा शुल्क: रु. ३,०००।–
त्रि.वि. सेवा शुल्क: रु. ४००।– (नियमित विद्यार्थीका लागि मात्र, त्रि.वि.मा बुझाउनुपर्ने)

विशेष सूचना:

  • परीक्षा फाराममा त्रिवि रजिष्ट्रेशन नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
  • आंशिक परीक्षार्थीहरुले परीक्षाफर्ममा प्रथम सेमेष्टर प्रथम पटक दिएको सिम्बोल नं. परीक्षा आवेदन फारामको शिरमा अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
  • परीक्षा फाराम विद्यार्थी स्वयम्ले भरि बुझाउनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस प्रशासन जवाफदेही हुनेछैन ।
  • परीक्षा आवेदन फाराम भर्न हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
  • नियमित परीक्षार्थीहरुले बाँकी सम्पूर्ण शिक्षण शुल्क अनिवार्य बुझाउनुपर्नेछ ।