BICTE 4th र 9th Semester तथा BCA 4th, 6th र 8th Semester मा भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा BICTE 4th Semester र BICTE 9th Semester तथा BCA 4th, 6th र 8th Semester को नयाँ समूहको कक्षा शुरू भइसकेकोले सम्बन्धित विद्यार्थीलाई मिति २०७९ साल फागुन १९ गते शुक्रबार विहान १०ः०० बजेभित्र भर्ना गर्नुहुन सूचित गरिन्छ । साथै उक्त मिति भित्र भर्ना भएका विद्यार्थीहरुको नाम मात्र त्रि.वि. स्व.वि.यु. निर्वाचन सम्बन्धी निर्देशिका, २०७९ को दफा ६ को उपदफा (३) अनुसार स्व.वि.यु. निर्वाचनको लागि मतदाता नामावलीमा समावेश गरिने व्यहोरा पनि जानकारी गराइन्छ ।

  • २०७९ साल फागुन १९ गते शुक्रबार विहान १०ः०० बजेभित्र सेमेष्टर शुल्क एकमुष्ठ रु. ३६,०००।– भुक्तानी गरेमा रु. ४,०००।– छुट हुनेछ ।
  • सेमेष्टर शुल्क किस्ताबन्दीमा भुक्तानी गर्ने भएमा,
    • २०७९ साल फागुन १९ गते शुक्रबार विहान १०ः०० बजेभित्र रु. २०,०००।–
    • प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १६,०००।– गरी भुक्तानी गर्नुपर्नेछ ।

  • BICTE 9th Semester को विद्यार्थीहरुको हकमा,
    • २०७९ साल फागुन १९ गते शुक्रबार विहान १०ः०० बजेभित्र सेमेष्टर शुल्क रु. २०,०००।– एकमुष्ठ भुक्तानी गरेमा रु. ५,०००।– छुट हुनेछ ।

-के. जी. वैदार, क्याम्पस प्रमुख