BCA|BICTE को अनलाईन कक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमणको मध्यनजर गर्दै यस क्याम्पसले पनि अनलाईन कक्षा सञ्चालन गरिरहेको हुँदा सम्बन्धित सम्पूर्णको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. क्याम्पसले प्रकाशित गरेको Online Class सम्बन्धी रुटीनको आधारमा अनिवार्य रुपमा सम्पूर्ण विद्यार्थीहरु नियमित रुपमा कक्षामा उपस्थित हुनुपर्नेछ ।

२. अनलाइन कक्षा व्यवस्थापन समितिको निर्णयानुसार सम्पूर्ण Online class हरु MS Teams मा सञ्चालन हुने हुँदा MS Teams को ID तथा Password प्राप्त नगरेका विद्यार्थीहरुले रविन मानन्धर–९८५१०९१५५०, उद्धव श्रेष्ठ–९८४१४४४९०९ र समिर कारंजित–९८४९५७६१०५ लाई तुरुन्तै सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।

३. हाल सञ्चालित Online कक्षाहरु नियमित रुपमा सञ्चालन भएको छ छैन भन्ने सम्बन्धमा सम्बन्धित डीन कार्यालयको प्रत्यक्ष निगरानी हुने साथै सेमेष्टर प्रणालीमा विद्यार्थीहरुको उपस्थिति न्यूनतम ८०% हुनेपर्ने हुँदा उपस्थित नभएका विद्यार्थीहरुको हकमा Internal Evaluation Marks दिन नमिल्ने भएकोले विद्यार्थीहरुलाई कक्षाहरुमा अनिवार्य उपस्थित हुन पनि सूचित गरिन्छ ।

 

-जगदीप पलाञ्चोके, IT विषय समिति प्रमुख