उपर्युक्त सम्बन्धमा यस शैक्षिक वर्ष २०७४/७५ का लागि BA (Humanities) Third Year मा अध्ययन गर्ने विद्यार्थीहरूले Functional Paper (316) को कुनै एक विषय छनौट गरी अध्ययन गर्न चाहने विद्यार्थीले यही मिति २०७४/०५/२५ गते भित्र भर्ना भई आफूले पढ्न चाहेको विषयमा नाम दर्ता (Enrollment) गर्नका लागि सूचित गरिन्छ ।
साथै, यस शैक्षिक वर्ष २०७४/७५ का लागि BBS र BA Third Year मा अध्ययन गर्ने विद्यार्थीहरूलाई सुविधा दिने हेतुले यही मिति २०७४/०५/३० गते भित्र भर्ना भएमा प्रवेश शुल्कमा रु. १०००।– छुट दिने र त्यसपछि प्रवेश शुल्कमा छुट नदिइने व्यहोरा जानकारी गराइएको छ ।
- काभ्रे बहुमुखी क्याम्पस, बनेपा