BBS / BA Third Year को प्रथम आन्तरिक तथा BICTE II Sem को प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह (BBS/BA) तेस्रो वर्षको प्रथम आन्तरिक परीक्षा तथा BICTE Second Semester को प्रि–बोर्ड परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७५ मंसिर १३ गते, बिहीबारसम्ममा परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।
परीक्षा तालिका

पुनश्चः
१. BBS / BA Third Year को परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई देहाय बमोजिम छात्रवृत्ति प्रदान गरिनेछ ।

कम्तीमा ६०% प्रथम – ४ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% दोस्रो  – ३ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% तेस्रो – २ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% चौथो – १ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% पाँचौं –  १ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% छैठौं  – १ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% सातौं – १ महिना शिक्षण शुल्क छुट

२. आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
३. आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. ५०।– जरिवाना लाग्नेछ ।
४. BICTE Second Semester को परीक्षाको मुल्यांकन नतिजा त्रि.वि. शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण शाखामा पठाइने भएकोले परीक्षामा अनिवार्य सहभागी हुनुपर्नेछ । अन्यथा, नतिजामा अनुपस्थित जनाइनेछ ।

अर्चना हाडा, परीक्षा समिति प्रमुख