BBS & BA Third Year को आन्तरिक परीक्षा सरेको सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा BA र BBS Third Year को २०७४ मंसिर १३ गतेबाट सञ्चालन हुने भनिएको प्रथम आन्तरिक परीक्षा विशेष कारणवश आगामी २०७४ पुस २ गतेबाट निम्न तालिका बमोजिम संचालन हुने भएकोले परीक्षा फाराम भर्न छुटेका विद्यार्थीहरूले यही मिति २०७४ मंसिर २९ गतेसम्ममा परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।

परीक्षा तालिका

परीक्षा आवेदन शुल्क : रु. २००।–
पुनश्च :
१. परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
२. आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
३. आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. ५०।– जरिवाना लाग्नेछ ।
४. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय जुध्न गएमा क्याम्पस प्रशासनमा सोको जानकारी दिनुपर्नेछ ।