BBS / BA First Year मा अध्ययनरत केही विद्यार्थीहरुलाई छात्रवृत्ति फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा स्नातक तह प्रथम वर्ष (BBS / BA First Year) मा अध्ययनरत केही विद्यार्थीहरुलाई क्याम्पसबाट यस शै.व. २०७६/०७७ को लागि प्रदान गरिने छात्रवृत्तिका लागि निम्न तहहरुमा अध्ययनरत विद्यार्थीहरुले मात्र क्याम्पसबाट तोकिएको दरखास्त फाराम भरी मिति २०७६/१०/१७ गते शुक्रबारसम्ममा क्याम्पस प्रशासनमा बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

  1. BBS First Year – English & Nepali Medium
  2. BA First Year

छात्रवृत्ति आवेदन फाराम भर्ने अन्तिम मितिः २०७६ माघ १७ गते शुक्रबार

छात्रवृत्तिको लागि अन्तर्वार्ता हुने मिति: २०७६ माघ १९ गते, आइतबार
समय: बिहान ८ः०० बजे
स्थान: क्याम्पस भवन ।

पुनश्चः
१) छात्रवृत्तिको लागि विद्यार्थीको पढाईको अवस्था, आर्थिक अवस्था, कक्षामा नियमित हाजिरी तथा अनुशासनलाई आधार बनाइनेछ । साथै, छात्रवृत्तिको लागि लिइने अन्तर्वार्तामा अनिवार्य उपस्थित हुनुपर्नेछ ।
२) छात्रवृत्ति दरखास्त फाराम क्याम्पसको परीक्षा/रजिष्ट्रेशन कक्षबाट प्राप्त गर्न सकिनेछ ।
३) छात्रवृत्तिमा छनौट हुने विद्यार्थी क्याम्पसमा नियमित हाजिरी नभएमा र आन्तरिक परीक्षामा सहभागी नभएमा छात्रवृत्ति रद्द गरिनेछ ।
४) भर्ना नभएका विद्यार्थीहरुको दरखास्त फाराम उपर कारवाही हुनेछैन ।
५) छात्रवृत्ति प्राप्त गरिसकेका विद्यार्थीहरुलाई दोहोरो छात्रवृत्ति प्रदान गरिनेछैन ।

बोधार्थः
१. छात्रवृत्ति समिति, काभ्रे बहुमुखी क्याम्पस ।
२. स्वतन्त्र विद्यार्थी युनियन, काभ्रे बहुमुखी क्याम्पस ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख