BBS / BA First Year को Online मार्फत परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रि.वि., परीक्षा नियन्त्रण कार्यालयको मिति २०७८/०२/०९ गतेको सूचना अनुसार २०७८ सालमा सञ्चालन हुने बी.बी.एस./बी.ए. प्रथम वर्षको वार्षिक परीक्षामा यस क्याम्पसबाट सहभागी हुने नियमित / आंशिक विद्यार्थीहरु तथा तीन वर्षे स्नातक तहमा समयसिमा नाघेका विद्यार्थीहरुको हकमा एकपटकको लागि मौका परीक्षाको परीक्षा आवेदन फाराम तोकिएको Website मा गई Online मार्फत बुझाउनुहुन सूचित गरिन्छ ।

परीक्षा शुल्क: रु. ८००।–
मौका परीक्षा शुल्क: रु. १,३००।–
त्रि.वि. सेवा शुल्क: रु. ४००।– (नियमित परीक्षार्थीहरुका लागि मात्र)
प्रयोगात्मक शुल्क: रु. ८००।– (एक भन्दा बढी प्रयोगात्मक विषय भएमा प्रति विषय रु. २५०।– थप लाग्नेछ ।)

विशेष सूचना
१. परीक्षा आवेदन फाराम मिति २०७८ जेठ १२ गतेदेखि जेठ २० गतेसम्म विद्यार्थी स्वयम्ले www.tuexam.edu.np मा गई फाराम भर्नुपर्नेछ ।
२. शै.व. २०७६/७७ सालसम्ममा भर्ना भएका विद्यार्थीहरुले मात्र परीक्षा आवेदन फाराम भर्न पाइनेछ ।
३. नियमित परीक्षार्थीहरुले बाँकी सम्पूर्ण शिक्षण शुल्क अनिवार्य यस क्याम्पसको नाममा रहेको बैंक खातामा जम्मा गर्नुपर्नेछ ।
४. तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पुरा नगरेको परीक्षा फारामहरु रुजु गरिनेछैन ।

बैंक खाता विवरणः
खाता रहेको बैंकको नाम: NMB Bank, Banepa Branch
खातावालाको नाम: KABHRE MULTIPLE CAMPUS
खाता नं.: 0030016629300011

शिक्षण शुल्क र अनलाईन परीक्षा आवेदन फाराम सम्बन्धी विस्तृत जानकारीका लागिः
१. रश्मी मानन्धर – 9803759828
२. रविन मानन्धर – 9851091550
३. उद्दव श्रेष्ठ – 9841444909
४. समिर कारंजित – 9849576105

  • के.जी. वैदार, क्याम्पस प्रमुख