क्याम्पस कार्यालय सञ्चालन गरिने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा कोभिड–१९ को महामारीको कारण पूर्ण रुपमा बन्द रहेको यस क्याम्पसको कार्यालय विभिन्न तहको परीक्षा तथा प्रवेश–परीक्षा लगायत अन्य कार्यहरु गर्नुपर्ने भएकोले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै यहि मिति २०७८ असार २२ गतेदेखि (बिहान ७ः०० – १०ः०० बजे) प्रशासनिक कार्यका लागि क्याम्पस कार्यालय सञ्चालन हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
साथै, अति आवश्यक कार्यको लागि मात्र क्याम्पस आउनुहुन अनुरोध गर्दै क्याम्पस आउँदा अनिवार्य मास्कको प्रयोग गरी स्वास्थ्य सुरक्षाको मापदण्ड समेत अनिवार्य पालना गर्नुपर्नेछ ।
नोटः सबै तहका कक्षाहरु अनलाईन मार्फत नै यथावत् रुपमा सञ्चालन हुनेछ ।

  • के.जी. वैदार
    क्याम्पस प्रमुख