शिक्षकहरुका लागि अत्यन्त जरुरी सूचना

यस क्याम्पसको पठनपाठन कार्यलाई अझै प्रभावकारी बनाउनुका साथै क्याम्पसभित्रको अध्ययन–अध्यापन गर्ने वातावरणलाई शान्त तथा सौहार्दपूर्ण बनाउन तथा शिक्षक–विद्यार्थीहरु बीच सुमधुर सम्बन्ध कायम गर्नका निमित्त सम्पूर्ण शिक्षकहरु आफ्नो कक्षा सञ्चालनमा पूरा समय सदुपयोग गर्नुहुन र क्याम्पस कम्पाउण्ड बाहिर नजानु हुनका साथै विद्यार्थीहरुलाई क्याम्पसको नियमानुसार अनुशासनमा राख्न सहयोग गरी क्याम्पसको प्रतिष्ठा तथा शैक्षिक उन्नयनलाई अझै उच्च बनाउन सहयोग गरिदिनुहुन सम्पूर्ण शिक्षकहरुलाई अनुरोध गर्दछु ।

  • श्रीराम श्रेष्ठ
    प्रमुख, अनुशासन समिति