भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा सञ्चालित सम्पूर्ण कक्षाहरु कोभिड–१९ को कारणले Online बाट सञ्चालन गर्दैै आएको परिस्थितिमा अन्य शैक्षिक संस्थाहरुले हाल भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिसकेको र त्रिभुवन विश्वविद्यालयले पनि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सूचना गरेकोले यस क्याम्पसमा सञ्चालित सबै कक्षाहरु यही मिति २०७८ कार्तिक २८ गते आइतबारदेखि भौतिक उपस्थितिमा नै सञ्चालन गर्ने क्याम्पसको IQAC बाट निर्णय भएको व्यहोरा जानकारी गराउँदै सम्बन्धित सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुलाई क्याम्पसको कक्षाकोठामा उपस्थित भई कक्षा सञ्चालन गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

साथै कोभिड–१९ को संक्रमण पुरै अन्त्य नभइसकेकोले भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुँदा सबै शिक्षक, कर्मचारी र विद्यार्थीलाई तोकेको स्वास्थ्य मापदण्डलाई अनिवार्य रुपमा पालना गर्नुहुन पनि अनुरोध गर्दछु ।

 

बोधार्थः
१. जिल्ला कोभिड व्यवस्थापन समिति, धुलिखेल
२. बनेपा नगरपालिका, बनेपा
३. स्वतन्त्र विद्यार्थी युनियन, काभ्रे बहुमुखी क्याम्पस

 

-के. जि. वैदार, क्याम्पस प्रमुख