भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रि. वि. स्व. वि. यु. निर्वाचन सम्बन्धी निर्देशिका, २०७९ को दफा ६ को उपदफा (३) अनुसार निर्वाचन कार्यतालिकाको मिति प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणाली अन्तर्गत स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई मात्र मतदाता नामावलीमा समावेश गर्नु पर्ने भई यस क्याम्पसमा त्रि. वि. को निर्णयानुसार अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्नातक तह प्रथम वर्षको भर्ना कार्यक्रम बन्द गरेको विदितै छ । साथै सोही दफा अनुसार अन्यको हकमा मतदाता नामावली प्रकाशित हुने मिति भन्दा दुई दिन अघिसम्म नियमानुसार भर्ना भएका विद्यार्थीहरुलाई मतदाता नामावलीमा समावेश गरिने भएकोले सम्बन्धित विद्यार्थीहरुले उक्त समयभित्रै भर्ना गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

-के. जी. वैदार, क्याम्पस प्रमुख