प्रवेश पत्र तथा रजिष्ट्रेशन कार्ड वितरण सम्बन्धमा

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा शै.व. २०७६।०७७ मा कक्षा ११ मा भर्ना भई राष्ट्रिय परीक्षा बोर्डमा रजिष्ट्रेशन फर्म तथा परीक्षा फर्म भरेका विहानी तथा दिवा समूहका विद्यार्थीहरुको रजिष्ट्रशन कार्ड तथा परीक्षाको प्रवेश पत्रकक्षा १२ विहानी तथा दिवा समूहका विद्यार्थीहरुको रा.प.बो. बाट सञ्चालन हुने परीक्षाको प्रवेश पत्र वितरण भइरहेकोले सम्बन्धित विद्यार्थी स्वयं क्याम्पसमा उपस्थित भई प्रवेश पत्र बुझिलिन सूचित गरिन्छ । साथै प्रवेश पत्र तथा रजिष्ट्रेशन कार्ड बुझिलिन गत शैक्षिक वर्षको सबै बाँकी बक्यौता चुक्ता गर्नुपर्ने छ

सम्पर्क समय
बिहान : ७ः३० देखि १०ः३० बजेसम्म
दिउँसो : १०ः३० देखि १ः३० बजेसम्म

-के.जि. वैदार, क्याम्पस प्रमुख