छात्रवृत्ति (स्नातक / स्नातकोत्तर तह) फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा अध्ययनरत केही छात्रा विद्यार्थीहरुलाई Best Wishes Foundation, Malaysia बाट यस शै.व. २०७६/०७७ को लागि प्रदान गरिने छात्रवृत्तिका लागि निम्न तहमा अध्ययनरत छात्रा विद्यार्थीहरुले मात्र क्याम्पसबाट तोकिएको दरखास्त फाराम भरी मिति २०७६/०८/०९ गते सोमबार, बिहान ९ः३० बजेसम्ममा क्याम्पस प्रशासनमा बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

  1. BBS / BA 1st Year
  2. BCA / BICTE 1st Semester
  3. BICTE 8th Semester
  4. MBS / MA 2nd Semester

छात्रवृत्ति आवेदन फाराम भर्ने अन्तिम मितिः २०७६ मंसिर ९ गते सोमबार (बिहान ९ः३० बजेसम्म)

छात्रवृत्तिको लागि अन्तर्वार्ता हुने मिति ः २०७६ मंसिर ९ गते, सोमबार, समय: बिहान १०ः३० बजे, स्थान: क्याम्पस भवन ।

पुनश्चः
१) दरखास्त फाराम छात्रा विद्यार्थीहरुले मात्र भर्न पाइनेछ । Application Form: Click Here to Download
२) छात्रवृत्तिका लागि छनौट भएका विद्यार्थीहरुलाई प्रति विद्यार्थी रु. १०,०००।– (दश हजार मात्र) प्रदान गरिनेछ ।
३) छात्रवृत्तिको लागि विद्यार्थीको पढाईको अवस्था, आर्थिक अवस्था, कक्षामा नियमित हाजिरी तथा अनुशासनलाई आधार बनाइनेछ । साथै, छात्रवृत्तिको लागि लिइने अन्तर्वार्तामा अनिवार्य उपस्थित हुनुपर्नेछ ।
४) छात्रवृत्ति दरखास्त फाराम क्याम्पसको परीक्षा/रजिष्ट्रेशन कक्षबाट प्राप्त गर्न सकिनेछ
५) छात्रवृत्तिमा छनौट हुने विद्यार्थी क्याम्पसमा नियमित हाजिरी नभएमा र आन्तरिक परीक्षामा सहभागी नभएमा छात्रवृत्ति रद्द गरिनेछ ।
६) भर्ना नभएका विद्यार्थीहरुको दरखास्त फाराम उपर कारवाही हुनेछैन ।

  • के.जि. वैदार,  क्याम्पस प्रमुख