कक्षा ११ (नियमित) को नतिजा प्रकाशन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७७ मंसिर १८ गतेदेखि २०७७ मंसिर २५ गतेसम्म यस क्याम्पसले सञ्चालन गरेको कक्षा ११ को परीक्षाको नतिजा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ । नतिजा क्याम्पसको सूचना पाटीमा टाँस गरिएको छ ।

साथै कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ू को परिच्छेद ५ को ७(ङ) मा भएको व्यवस्था अनुसार कक्षा ११ का सबै विषयमा सैद्धान्तिकतर्फ न्युनतम डि प्लस (D+) र प्रयोगात्मकतर्फ न्युनतम सी (C) ग्रेड प्राप्त गरेका विद्यार्थीहरुले मात्र कक्षा १२ को परीक्षा आवेदन फाराम भर्न पाउने भएको हुँदा सैद्धान्तिकतर्फ न्युनतम डि प्लस (D+) र प्रयोगात्मकतर्फ न्युनतम सी (C) ग्रेड प्राप्त नगरेका विद्यार्थीहरुको लागि पुनः परीक्षा लिइने र सोको परीक्षा तालिका तथा मिति पछि प्रकाशित गरिने पनि जानकारी गराइन्छ ।

-अर्चना हाडा
सहायक क्याम्पस प्रमुख
एवं परीक्षा समिति प्रमुख