कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा शै.स. २०७६/०७७ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डमा रजिष्ट्रेशन गर्नको लागि तपसिल बमोजिम कागजात सहित तोकिएको मितिभित्र आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी रजिष्ट्रेशन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनु सूचित गरिन्छ ।
तोकिएको समयभित्र रजिष्ट्रेशन फाराम नभर्ने विद्यार्थीहरुका लागि पछि कुनै व्यवस्था नहुने र राष्ट्रिय परीक्षा बोर्डको वार्षिक परीक्षामा समेत सहभागी हुन नपाउने जानकारी गराइन्छ ।

रजिष्ट्रेशन शुल्क: रु. ६००।– (रजिष्ट्रेशन फाराम बुझाउँदा २०७६ असोज महिनाको मासिक शिक्षण शुल्क समेत बुझाउनुपर्नेछ ।)

आवश्यक कागजातहरु
१. हालसालै क्याम्पस पोशाकमा खिचेको पासपोर्ट साइजको फोटो – २ प्रति
२. SEE / SLC को Grade Sheet को फोटोकपी – १ प्रति
३. SEE / SLC को Character Certificate को फोटोकपी – १ प्रति

नोट:
१. रजिष्ट्रेशन फाराम भर्ने क्रममा विभिन्न त्रुटीहरु देखापर्ने गरेको हुनाले विद्यार्थीहरुलाई रजिष्ट्रेशन फाराम कक्षामा नै भराउने हुँदा विद्यार्थीहरुलाई तोकिएको मितिमा आवश्यक कागजात सहित अनिवार्य उपस्थित हुनका लागि जानकारी गराइन्छ ।

२. तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका रजिष्ट्रेशन फारामहरु स्वीकार गरिने छैन ।
– के. जि. वैदार, क्याम्पस प्रमुख