कक्षा ११ को परीक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा शै. व. २०७६।०७७ मा कक्षा ११ मा रजिष्ट्रेशन भइ बोर्ड परीक्षाको परीक्षा फारम भरेका नियमित विद्यार्थी तथा शै.व. २०७५।०७६ सम्ममा राष्ट्रिय परीक्षा बोर्डमा रजिष्ट्रेशन भई आंशिक/ग्रेड वृद्धिको लागि शै. व. २०७६।०७७ मा कक्षा ११ को परीक्षा फारम भरेका सम्पूर्ण विद्यार्थीहरुको परीक्षा निम्नानुसार सञ्चालन हुने जानकारी गराइएको छ ।

१. राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरबाट लागू गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याँकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ को परिच्छेद ७ को दफा ९, उपदफा (१) बमोजिम नियमित परीक्षार्थीको परीक्षा विद्यालयको अनुकुलतामा सामाजिक दुरी कायम गरी तोके बमोजिम परीक्षा सञ्चालन गर्ने व्यवस्था भएकोले यस क्याम्पसले आगामी भाद्र १ गतेपछि उपयुुक्त समयमा परीक्षा सञ्चालन गर्नेे हुँदा सो परीक्षाको तयारी गर्नहुन सम्बन्धित विद्यार्थीहरुलाई सूचित गरिन्छ । साथै कक्षा ११ को सबै विषयमा न्युनतम सैद्धान्तिक तर्फ डी प्लस [D+] र प्रयोगात्मक तर्फ सी [c] ग्रेड प्राप्त गरेका विद्यार्थीहरुको मात्र कक्षा १२ को परीक्षा दिन पाउने उक्त कार्यविधिको दफा १२ मा व्यवस्था भएकोे समेत सूचित गरिन्छ ।

२. राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याँकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ को परिच्छेद ७ का दफा ९, उपदफा (२) बमोजिम आंशिक/ग्रेड वृद्धि परीक्षार्थीको हकमा वि.सं. २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपूर्व सामाजिक दुरी कायम गरी तोके बमोजिम कक्षा ११ को आंशिक/ग्रेड वृद्धि परीक्षार्थीको वार्षिक परीक्षा सम्बन्धित विद्यालय/क्याम्पसले नै सञ्चालन गरी उत्तर पुस्तिका तथा प्राप्ताङ्क विवरण शिलबन्दी गरी सम्बन्धित कार्यालयमा उपलब्ध गराउनु पर्ने व्यवस्था भएकोले यस क्याम्पसबाट परीक्षा दिनुपर्ने सम्पूर्ण विद्यार्थीहरुलाई उक्त परीक्षाको तयारी गर्नहुन सूचित गरिन्छ । परीक्षाको तालिका अनुकुल समयमा प्रकाशित गरिनेछ ।

– के. जि. वैदार, क्याम्पस प्रमुख