अनलाईन कक्षामा नियमित उपस्थित हुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको विषम परिस्थितिमा यस क्याम्पसले गत २०७६ चैत अन्तिम सातादेखि नै नियमित रुपमा अनलाईन कक्षा सञ्चालन गर्दै आइरहेकोमा त्रिभुवन विश्वविद्यालयले गरेको निर्णयानुसार अनलाईन कक्षा, अनलाईन परीक्षा तथा अनलाईन भाइवा लिने व्यवस्था तथा कोरोनाको बढ्दो प्रकोपका बीच पहिले जस्तै भौतिक रुपमा उल्लेखित कार्यहरु सञ्चालन गर्न अनिश्चित देखिएकोले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले नियमित रुपमा अनलाईन कक्षामा अनिवार्य उपस्थित हुनुका साथै प्रोजेक्ट वर्क तथा थेसिसको भाइवा समेत अनलाइनबाटै गरिने भएकोले सोका लागि आवश्यक कार्यहरु गर्नुहुनई–शिक्षा प्याकेजका लागि समिर कारंजित (९८४९५७६१०५) लाई सम्पर्क गर्नुहुन समेत जानकारी गराइन्छ ।

पुनश्चः
– प्रोजेक्ट वर्क तथा थेसिसको भाइवा गर्नुपर्ने विद्यार्थीहरुले प्रोजेक्ट वर्क ÷ थेसिसको हार्डकपी र क्याम्पसमा बुझाउनुपर्ने बाँकी बक्यौता शुल्क बुझाउनुपर्नेछ ।
– कम्तीमा ८०% हाजिरी हुनुपर्ने प्रयोजनका लागि अनलाइन कक्षामा भएको उपस्थितिलाई आधार मानिनेछ ।
– परीक्षाहरुको सञ्चालन समेत अनलाईन विधिबाटै सञ्चालन हुनेछ ।

के.जि. वैदार, क्याम्पस प्रमुख