स्नातक तह (BBS / BA / BICTE) दोेस्रो वर्ष -2076 को परीक्षा फाराम भर्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७६ सालमा सञ्चालन हुने स्नातक तह (BBS / BA / BICTE) दोस्रो वर्षको वार्षिक परीक्षाका लागि यस क्याम्पसबाट सहभागी हुने नियमित / आंशिक विद्यार्थी तोकिएको सबै प्रक्रिया पूरा गरी मिति २०७६ वैशाख २४ गते, मंगलबारसम्ममा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन सूचित गरिन्छ । तोकिएको म्यादभित्र प्राप्त नभएका र प्रक्रिया पूरा नगरेका परीक्षा फारामहरु स्वीकार नगरिने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

परीक्षा फाराम भर्ने अन्तिम मिति : २०७६ वैशाख २४ गते, मंगलबार
परीक्षा शुल्क: रु. ८००।–
त्रिवि सेवा शुल्क: रु. ४००।– (नियमित विद्यार्थीहरुको लागि मात्र)
प्रयोगात्मक शुल्क: रु. ८००।– (एक भन्दा बढी प्रयोगात्मक विषय भएमा प्रतिविषय थप रु. २५०।–)
(रु. ८००।– . रु. २७५।– त्रि.वि.मा बुझाउनुपर्ने + रु. ५२५।– मिति २०७४÷०२÷०९ गते गोरखापत्रमा प्रकाशित नियम १६ ख अनुसार आन्तरिक र बाह्य सुपरीवेक्षणलाई दिनुपर्ने दैनिक, भ्रमण र वास खर्चको लागि दिनुपर्ने)
विशेष सूचना:

  1. तीन वर्षे स्नातक तहमा २०७० सालमा प्रथम वर्ष पहिलो पटक परीक्षा दिएका विद्यार्थीहरूका लागि यो अन्तिम पटकको परीक्षा हुनेछ ।
  2. परीक्षा फाराममा त्रिवि रजिष्ट्रेशन नं. अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
  3. नियमित विद्यार्थीहरुले स्नातक तह प्रथम वर्ष प्रथम पटक परीक्षा दिएको सिम्बोल नं. परीक्षा फारामको शीर्षास्थानमा अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
  4. आंशिक विद्यार्थीहरूले यसभन्दा अघि स्नातक तह दोस्रो वर्षको परीक्षा दिएको सिम्बोल नं. परीक्षा फारामको निर्दिष्ट स्थानमा र शीर्षास्थान तथा प्रथम वर्ष प्रथम पटक परीक्षा दिएको सिम्बोल नं. फारामको शीर्षास्थानमा अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
  5. परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोशाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
  6. परीक्षा आवेदन फाराम परीक्षार्थी स्वयम्ले आवश्यक सम्पूर्ण विवरणहरु स्पष्ट रुपमा बुझिने गरी भर्नुपर्नेछ । यसमा अन्यथा भई पछि कुनै समस्या भएमा क्याम्पस प्रशासन जिम्मेवार हुनेछैन ।
  7. नियमित विद्यार्थीहरुले बाँकी सम्पूर्ण शिक्षण शुल्क समेत बुझाउनुपर्नेछ ।
  • के.जि. वैदार, क्याम्पस प्रमुख