स्नातक तह प्रथम सेमेष्टरको प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह BICTE / BCA First Semester को प्रि–बोर्ड परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले यही मिति २०७५ चैत्र ७ गतेभित्र परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउन हुन जानकारी गराउँदछु ।

परीक्षा तालिका
परीक्षा समयः विहान ७ः०० – १०ः०० सम्म

Date BICTE 1st Semester BCA 1st Semester
2075.12.08 Ed. 411 – Fund. of Education CACS101 – Computer Fund. & App.
2075.12.09 Eng. Ed. 411 – G. English CASO102 – Society & Technology
2075.12.10 Nep. Ed. 411 – G. Nepali CAEN103 – English I
2075.12.11 ICT Ed. 415 – Intro. to IT CAMT104 – Mathematics I
2075.12.12 ICT Ed. 416 – Programming Concept with C CACS105 – Digital Logic
2075.12.13 Math Ed. 415 – Fund. of Mathematics

परीक्षा आवेदन फाराम शुल्कः रु. २५०।–

(प्रि–बोर्ड परीक्षामा कम्तिमा प्रत्येक विषयमा ६० प्रतिशत नआउने विद्यार्थीहरुलाई परीक्षा शुल्क दोब्बर लिई पुनः परीक्षा सञ्चालन गरिनेछ ।)

पुनश्चः
१. आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
२. परीक्षाको मुल्यांकन नतिजा सम्बन्धित संकायको डीन कार्यालयमा पठाइने भएकोले परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्नेछ । अन्यथा, नतिजामा अनुत्तीर्ण जनाइनेछ ।

  • अर्चना हाडा, परीक्षा समिति प्रमुख