उपर्युक्त सम्बन्धमा शै.व. २०७४/०७५ मा त्रिभुवन विश्वविद्यालयको सूचना अनुसार देशैभर सेमेष्टर प्रणाली लागू हुने भएकोले MBS र MA Sociology First Semester मा भर्ना हुनको लागि निम्नानुसार भर्ना कार्यक्रम निर्धारण गरिएको जानकारी गराउँदछु ।
कार्यक्रमः
फाराम बुझाउने अन्तिम मिति: २०७४ माघ १९ गते शुक्रबार
अभिमुखीकरण कार्यक्रम : २०७४ माघ २२ गते सोमबार
समय: बिहान ७ः०० बजे
स्थान: क्याम्पस भवन
आवेदन फाराम शुल्क: रु. ५००।–
त्रि.वि. प्रवेश परीक्षा शुल्क: रु. १,०००।–
प्रवेश परीक्षा मिति: २०७४ फाल्गुन ५ गते, शनिबार
समय: बिहान ८ः३० बजे (MBS), दिउँसो १ः०० बजे (MA Sociology)
कक्षा सञ्चालन : २०७४ फाल्गुन २५ गतेदेखि
पुनश्चः त्रि.वि.को नियमानुसार स्नातकोत्तर तह MBS & MA (Sociology) First Semester मा भर्ना हुनको लागि प्रवेश परीक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्नेछ । मिति सकेर आएको आवेदन फाराम माथि कुनै कारवाही हुनेछैन ।