‘भुजङ्ग’को लागि लेख, रचना उपलब्ध गराउनेबारे सूचना

‘भुजङ्ग’ यही २०७४ माघ २० गते यस क्याम्पसको ३७ औं वार्षिकोत्सव स्मारिकाका रुपमा प्रकाशित गरिनेछ । जे समावेश गर्दा ‘भुजङ्ग’ पठनीय, शोभनीय र मननीय हुन्छ, त्यस्तै लेख, रचना, साहित्य सिर्जना प्रस्तुत गर्न सम्पूर्ण शिक्षक, विद्यार्थी, कर्मचारी एवं अन्य इच्छुक सर्जकहरुमा आह्वान गरिएको छ ।

  • आफ्नो लेख रचना सामग्रीमा आफ्नो पूरा नाम, ठेगाना, कक्षा, संकाय, रोल नं., सम्पर्क नं. र कुनै साहित्यिक नाम भए सो समेत खुलाई एकप्रति फोटो सहित पेश गर्नुपर्नेछ । फोटोको पछाडि आफ्नो नाम, कक्षा र संकाय नमेटिने मसीले लेखिएको हुनुपर्छ ।
  • कुनै पनि सामग्री ‘भुजङ्ग’ मा समावेश गर्ने वा नगर्ने अन्तिम निर्णय ‘भुजङ्ग’ २१ औं अंक सम्पादन समितिले गर्नेछ ।
  • अप्रकाशित रचना फिर्ता हुनेछैन ।
  • ‘भुजङ्ग’ मा समावेश गर्न प्रस्तुत गरिने सामग्री कम्प्युटर टाइप गरी सफ्टवेयरमा वा ई–मेल गरी तलको ठेगानामा बुझाउनुुपर्नेछ ।
  • बुझाउने स्थानः क्याम्पस प्रशासन (रबिन – ९८५१०९१५५०)
  • विद्युतीय ठेगानाः kmcbanepa@yahoo.com, kmcbanepa@gmail.com
  • लेख, रचना बुझाउने अन्तिम मितिः २०७४ माघ २ गते ।

बोधार्थः
१. स्वतन्त्र विद्यार्थी युनियन, काभ्रे बहुमुखी क्याम्पस