मितिः २०७५/०९/०२ गते
‘भुजङ्ग’ यही २०७५ माघ २० गते, आइतबार यस क्याम्पसको ३८ औं वार्षिकोत्सव स्मारिकाका रुपमा प्रकाशित गरिनेछ । जे समावेश गर्दा ‘भुजङ्ग’ पठनीय, शोभनीय र मननीय हुन्छ, त्यस्तै लेख, रचना, साहित्य सिर्जना प्रस्तुत गर्न सम्पूर्ण शिक्षक, विद्यार्थी, कर्मचारी एवं अन्य इच्छुक सर्जकहरुमा आह्वान गरिएको छ ।
- नेपाली, नेपालभाषा वा अंग्रेजीमा लेखिएको आफ्नो लेख रचना सामग्रीमा आफ्नो पूरा नाम, ठेगाना, कक्षा, संकाय, रोल नं., सम्पर्क नं. र कुनै साहित्यिक नाम भए सो समेत खुलाई एकप्रति फोटो सहित पेश गर्नुपर्नेछ । फोटोको पछाडि आफ्नो नाम, कक्षा र संकाय नमेटिने मसीले लेखिएको हुनुपर्छ ।
- कुनै पनि सामग्री ‘भुजङ्ग’ मा समावेश गर्ने वा नगर्ने अन्तिम निर्णय ‘भुजङ्ग’ २२ औं अंक सम्पादक मण्डलले गर्नेछ ।
- अप्रकाशित रचना फिर्ता हुनेछैन ।
- ‘भुजङ्ग’ मा समावेश गर्न प्रस्तुत गरिने सामग्री कम्प्युटर टाइप गरी सफ्टवेयरमा वा ई–मेल गरी तलको ठेगानामा बुझाउनुुपर्नेछ ।
- बुझाउने स्थानः परीक्षा तथा रजिष्ट्रेशन कक्ष (रबिन – ९८५१०९१५५०)
- विद्युतीय ठेगानाः kmcbanepa@gmail.com, kmcbanepa@yahoo.com
- लेख, रचना बुझाउने अन्तिम मितिः २०७५ माघ ४ गते, शुक्रबार । उल्लेखित मिति पछि बुझाइएका लेखा रचना प्रकाशन गरिनेछैन ।