मितिः २०७५।०८।१३
यस क्याम्पसमा हाल सञ्चालन भइरहेकोे BCA मा अध्ययन गर्न यस क्याम्पसबाट प्रवेश परीक्षा दिई उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरुले मिति २०७५ मंसिर १६ गते आइतबार सम्ममा भर्ना गर्नुहुन सूचित गरिन्छ । BCA मा अधिकतम ३२ जना मात्र भर्ना लिइने भएकोले उक्त संख्या पूरा भए पछि विद्यार्थीलाई भर्ना लिइने छैन ।
उक्त मिति २०७५।०८।१६ पछि अन्य क्याम्पसबाट प्रवेश परीक्षा उतीर्ण गरेका विद्यार्थीहरुसमेतलाई First come first priority को आधारमा भर्ना गरिने भएकोले उक्त मिति पछि यस क्याम्पसबाट प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई भर्ना गर्न बाध्य नहुने व्यहोरा जानकारी गराइएको छ ।
साथै, पहिलो सेमेस्टरमा लाग्ने सम्पूर्ण शुल्क २०७५।०८।१६ गतेसम्म एकमुष्ठ भुक्तानी गरेमा रु. ४०००।०० (रु. चार हजार) छुट गरिने व्यहोरा पनि यसै सूचनाद्वारा जानकारी दिइएको छ ।
मिति २०७५ पौष १ गतेदेखि BCA र BICTE First Semester का विद्यार्थीहरुलाई क्याम्पसले तोकेको क्याम्पस पोशााकमा आउन समेत सूचित गरिन्छ ।
- के.जी. बैदार, क्याम्पस प्रमुख