फुटबल / भलिबल प्रतियोगितामा सहभागी हुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा विजया दशमीको पावन अवसरमा “हाम्रो अभियान खेलको शान, संस्कृति र सम्बृद्धि बनेपाको पहिचान” भन्ने मूल नारा सहित २०७४ भाद्र २८ गतेदेखि असोज १० गतेसम्म आयोजना हुन लागिरहेको “श्री उग्रेश्वर व्यापारिक, साँस्कृतिक, मनोरञ्जनात्मक खेल मेला–बनेपा महोत्सव २०७४” मा काभ्रे जिल्ला स्तरीय बी.बी.सी. कप महिला भलिबल प्रतियोगिता6A Side फुटबल प्रतियोगिता (पुरुष) हुने भएकोले उक्त प्रतियोगितामा सहभागी हुनका लागि यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले टिम बनाई यही मिति २०७४ भाद्र २६ गतेभित्र नाम दर्ता गर्नुहुन जानकारी गराउँदछु ।
सम्पर्कः उद्धव लुइँटेल / राजन के.सी. (राजु दाइ)

नोटः

महिला भलिबल – ९ जना
6A Side फुटबल – १० जना

  • उद्धव लुइँटेल, संयोजक, अतिरिक्त क्रियाकलाप समिति