पुस्तकालयको पुस्तक फिर्ता गर्ने बारे सूचना !

उपर्युक्त सम्बन्धमा यस काभ्रे बहुमुखी क्याम्पसको पुस्तकालयको कार्यलाई छिट्टै डिजिटल प्रविधिमा लैजाने योजना अनुरुप पुस्तक संकलन गरी DATA ENTRY गर्नुपर्ने भएकोले सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई आफूले प्रयोग गरिरहेको पुस्तकालयको पुस्तकहरु यहि मिति २०७४।०६।०४ गते भित्र पुस्तकालयमा फिर्ता गरिदिनुहुन अनुरोध छ । साथै डिजिटल प्रविधिका सम्पूर्ण काम पूरा नभएसम्म कुनै पनि पुस्तकहरु वितरण नहुने जानकारी पनि यसै सूचनाबाट जानकारी गरिन्छ ।