छात्रवृत्ति सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई Best Wishes Foundation, Malaysia बाट छात्रवृत्ति स्वरुप जनही रु. १०,०००।– का दरले १० जना विद्यार्थीहरुलाई यस शै.व.को लागि प्रदान गरिने भएकोले निम्न तहमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसबाट तोकिएको दरखास्त फाराम भरी मिति २०७५/०१/२० गतेसम्म क्याम्पस प्रशासनमा बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल

  1. BA / BBS First Year & Second Year
  2. BICTE First Semester
  3. MA / MBS First Semester

नोटः
१) दरखास्त फारामसँगै स्थानीय तहबाट गरीब भएको वा आर्थिक अवस्था कमजोर भएको भन्ने सिफारिस पत्र अनिवार्य पेश गर्नुपर्नेछ ।
२) छात्रवृत्तिको लागि विद्यार्थीको पढाईको अवस्था, आर्थिक अवस्था, कक्षामा नियमित हाजिरी तथा अनुशासनलाई आधार बनाइनेछ ।
३) दरखास्त फाराम रविन मानन्धरबाट प्राप्त गर्न सकिनेछ । 

Click Here to DOWNLOAD : Best Wishes Foundation Scholarship Application Form

– के.जि. वैदार, क्याम्पस प्रमुख