मितिः २०७५/०८/१७
उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा अध्ययनरत १० जना विद्यार्थीहरुलाई Best Wishes Foundation, Malaysia बाट छात्रवृत्ति स्वरुप जनही रु. १०,०००।– का दरले यस शै.व. २०७५/०७६ को लागि प्रदान गरिने भएकोले निम्न तहमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसबाट तोकिएको दरखास्त फाराम भरी मिति २०७५/०८/२० गतेसम्म क्याम्पस प्रशासनमा बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
- Class 11 (Computer Engineering Group)
- BBS First Year
- BA First Year
- BICTE First Semester
- BCA First Semester
नोटः
१) दरखास्त फारामसँगै गाउँपालिका/नगरपालिका (वडा कार्यालयको होइन) बाट गरीब भएको वा आर्थिक अवस्था कमजोर भएको भन्ने सिफारिस अनिवार्य पेश गर्नुपर्नेछ । साथै, दरखास्त फाराममा सम्बन्धित स्थानीय तहको छाप लगाई पेश गर्नुपर्नेछ ।
२) छात्रवृत्तिको लागि विद्यार्थीको पढाईको अवस्था, आर्थिक अवस्था, कक्षामा नियमित हाजिरी तथा अनुशासनलाई आधार बनाइनेछ । साथै, छात्रवृत्तिको लागि लिइने अन्तर्वार्तामा अनिवार्य उपस्थित हुनुपर्नेछ ।
३) छात्रवृत्ति दरखास्त फाराम क्याम्पसको परीक्षा/रजिष्ट्रेशन कक्षबाट प्राप्त गर्न सकिनेछ ।
४) छात्रवृत्तिमा छनौट हुने विद्यार्थी क्याम्पसमा नियमित हाजिरी नभएमा र आन्तरिक परीक्षामा सहभागी नभएमा छात्रवृत्ति रद्द गरिनेछ ।
५) भर्ना नभएका विद्यार्थीहरुको दरखास्त फाराम उपर कारवाही हुनेछैन ।
- के.जि. वैदार, क्याम्पस प्रमुख